
हेटोडा । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हेटौडा भेट्रान्स क्लब, हेटौडा, मकवानपुरको आयोजनामा मंगलबारदेखि शुरु नवौं हेटौडा भेट्रान्स कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता पहिलो दिन पाँच खेलहरु सम्पन्न भएका छन् ।
दिनको पहिलो खेलमा नागस्वती भेट्रान्सले बौद्ध भेट्रान्सलाई ५–१ ले हरायो । खेलमा नागस्वतीका निमा लामा म्यान अफ द म्याच चुनिए । दोस्रो खेलमा बानेश्वर फ्रेण्डस भेट्रान्सले अभिषेक चर्च भेट्रान्सलाई ३–० ले पराजित गर्यो । खेलमा बानेश्वरका महेन्द्र विश्वास खवास म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा पशुपति भेट्रान्सले थारु भेट्रान्सलाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा पशुपति भेट्रान्सका सुबोध ढुंगेल म्यान अफ द म्याच घोषित भए । चौथो खेलमा चितवन भेट्रान्सले सिमरा भेट्रान्सलाई ३–१ ले पराजित गर्यो । खेलमा चितवन भेट्रान्सका रबिन्द्र श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।
पाँचौं तथा अन्तिम खेलमा हेटौडा भेट्रान्स (बी) ले नव जनजागृति भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । खेलमा हेटौडा भेट्रान्सका सन्जय थापा म्यान अफ द म्याच घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए ।
यही फागुन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा