News
हाम्रो भेट्रान इतिहास रच्ने दाउमा

इटहरी । इटहरी रंगशालामा हुने १४औं अन्तरर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको पूर्व सन्ध्यामा फुटबल क्रेज बढाउने उद्देश्यले हाम्रो इटहरी भेट्रान क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप जनता क्याम्पसको मैदानमा फागुन २६ गतेदेखि गर्ने तयारीलाई तिव्रता दिएको छ ।
४० बर्ष माथिका खेलाडीहरुको सहभागिता रहने भेट्रान जनता क्याम्पसमै गर्नुपर्ने मुख्य कारण स्थानीय खेलप्रेमीहरुको उल्लेख्य सहभागितालाई जोड दिएको हाम्रो भेट्रानका सल्लाहकार तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ्गले बताए ।
इटहरी फुटबल खेलको लागि विगत चार दशकदेखि परिचित ठाउँ भएको नाताले पनि यहाँ फुटबलका गतिविधि तिव्रत्तर गतिमा भइरहेका छन् । नेपाली खेलप्रेमी दर्शकहरुले अत्यन्त रुचाइएको खेल भएकाले पनि इटहरीमा दर्शकको चाप बढी हुने हाम्रो भेट्रानका अध्यक्ष निर्मल तामाङ्गको भनाइ छ ।
विगतमा राष्ट्रिय जागृति क्लबले फुटबलमा पहिचान स्थापित गरेको विकास उन्मुख सहर भएकाले प्रतिस्पर्धी टिमहरुको उत्साहजनक सहभागिता रहने आयोजकको विश्वास छ ।
फुटबलमा इटहरीलाई चिनाउने पूर्व खेलाडीहरु विष्णु थापा, महेश खड्का, सुखीलाल चौधरी, प्रदीप रेग्मी, पूर्ण तामाङ्ग, अर्जुन कार्की, माधव कार्की, लालबहादुर रोक्का, गोपाल पोखरेल, गोविन्द घिमिरे, नरेन्द्र चौधरी, लक्ष्मण तामाङ्गजस्ता हस्ती खेलाडीहरुलाई अहिले पनि पूराना खेलप्रेमीहरुले भेट्रानको मैदानमा खोज्ने गर्दछन् ।
पूर्वका धरान, काँकडभिट्टा, विर्तामोड, दमक, विराटनगरलगायतका ठाउँमा हुने प्रतियोगितामा राजा क्लबले उपाधी चुम्ने गरेको इतिहास छ । यही इतिहासलाई हाम्रो भेट्रानले निरन्तरता दिने आयोजक क्लबका दिवस राईले बताए ।
Post Comments