News
युथ लिग आयोजनाबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ लिग आयोजनाबारे काठमाडौं उपात्यकाका विभिन्न १३ स्कुलहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह तथा इलिट युथका प्रमुख रविन महर्जनले युथ लिगबारे भावी योजना र प्रस्ताव उपस्थित विद्यालयका प्रतिनिधीहरु समक्ष प्रस्तुत गरेका थिए ।
एन्फाका अनुसार ए डिभिजन क्लबहरुसँग आवश्यक सहकार्य गरेर युथ लिगको आयोजन ागर्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका प्रतिनिधिहरुले लिगको मोड्युल र ढाँचाबारे पनि आवश्यक छलफल गरेका थिए ।
स्मरण रहोस, एन्फाले विभिन्न उमेर समूहमा छिटै प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । एन्फाका अनुसार प्रतियोगितामा यु–१४ र यु–१८ उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै