News कृषल नायक बन्दा सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपमा हेटौंडाको विजयी सुरुवात
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा हेटौंडा फुटबल एकेडमीले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा हेटौंडाले इमेज बसन्तपुर युनाइटेद क्लब माडीलाई टाइब्रेकरमा २-१ ले हरायो ।

त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । हेटौंडाको जितमा गोलकिपर कृषल मोक्तान हिरो बने । उनले बसन्तपुरको लगातार चार पेनाल्टी सेभ गरे । कृषल नै म्यान अद दि म्याच भए ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबार पनि एक खेल हुनेछ । शनिबार हुने खेलमा पेन्गुईन भरतपुर २४ र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Post Comments