News आर्मीलाई हराउँदै एनआरटी सेमिफाइनलमा
गोलनेपाल

धरान । न्युरोडटिम (एनआरटी) जारी २४औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एनआरटीले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेलमा एनआरटीले आर्मीमाथी २-१ को जित निकालेको हो । खेलमा एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन २८ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ जिल्ला फुटबल संघ बीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरानको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत ३ गतेका दिन हुनेछ ।

Post Comments