News
आयोजक रिडीलाई उपाधी
रिडी बजार । रिडी फुटबल क्लबले आफ्नो स्थापना दिवसको अवसर पारी आयोजना गरेको रिडी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक रिडी एफसीले नै जितेको छ ।
फाइनलमा रिडीले थाप्ले फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधी उचाल्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी टाइब्रेकरमा रिडीले थाप्लेमाथी २-० को जित निकाल्दै विजेता बन्यो ।
विजेता बनेको रिडीले उपाधी सहित नगद २५ हजार हात पार्यो भन्र उपविजेता थाप्लेले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
सो अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक क्लबका अध्यक्ष प्रयास कसजुले धन्यवाद र आभार प्रकट गरे । र, गुल्मी जिल्लालाई चिनाउन यस्ता खेलकुद गतिविधीलाइ निरन्तर संचालन गर्ने योजनामा रहेको समेत सुनाए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)