News आयोजक रिडीलाई उपाधी
सुरज राना मगर

रिडी बजार । रिडी फुटबल क्लबले आफ्नो स्थापना दिवसको अवसर पारी आयोजना गरेको रिडी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक रिडी एफसीले नै जितेको छ ।

फाइनलमा रिडीले थाप्ले फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधी उचाल्न सफल भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी टाइब्रेकरमा रिडीले थाप्लेमाथी २-० को जित निकाल्दै विजेता बन्यो ।

विजेता बनेको रिडीले उपाधी सहित नगद २५ हजार हात पार्यो भन्र उपविजेता थाप्लेले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सो अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक क्लबका अध्यक्ष प्रयास कसजुले धन्यवाद र आभार प्रकट गरे । र, गुल्मी जिल्लालाई चिनाउन यस्ता खेलकुद गतिविधीलाइ निरन्तर संचालन गर्ने योजनामा रहेको समेत सुनाए ।

Post Comments