News आयोजक हाम्रो इटहरी भेट्रान फाइनलमा
गोलनेपाल

इटहरी । आयोजक हाम्रो इटहरी भेट्रान क्लब, इटहरी यहाँ जारी चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा हाम्रो इटहरी भेट्रानले हाम्रो धरान भेट्रानलाई ५-२ ले हराउँदै उपाधी नजिक पुगेको हो ।

हाम्रो इटहरीको जितमा सुरेन्द्र तामाङले दुई गोल गरे भने भुपेन्द्र लिम्बू, दिपेन राई र लिलाराम मगरले एक-एक गोल गरे । उता पराजित हाम्रो धरानका लागि सचिन राई र बिनोद चौधरीले गोल गरेका थिए ।

खेलमा हाम्रो इटहरी भेट्रानका अंकुर कुमार खडगी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा रियल फ्रेन्डस भेट्रान क्लब, सिक्किम र राजारानी भेट्रान क्लब, धनकुटा भिड्ने आयोजकले जानकारी दियो ।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३ गतेका दिन हुनेछ ।

Post Comments