News रियल फ्रेण्डस भेट्रान फाइनलमा
गोलनेपाल

इटहरी । पाहुना टोली रियल फ्रेण्डस भेट्रान क्लब, सिक्किम जारी चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा रियल फ्रेण्डसले राजारानी भेट्रान क्लब, धनकुटालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा रियल फ्रेण्डसका लागि बिमल गुरुङले पेनाल्टी मार्फत गरेको उक मात्र गोल निर्णायक गोल बन्यो । खेलमा रियल फ्रेण्डसका सुदेश सुब्बा म्यान अफ द म्याच घोषित भए ।

रियल फ्रेण्डसले अब फाइनलमा आयोजक हाम्रो इटहरी भेट्रान क्लबसँग यही चैत ३ गते शनिबारका दिन उपाधिका लागि भिड्नेछ । हाम्रो इटहरी भेट्रान क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।

Post Comments