News मलेसियासँग नेपालको हार
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको छनौट खेल खेल्ने तयारीमा रहेको नेपालले शुक्रबार भएको मैत्रीपूर्ण अभ्यास खेलमा बलियो मलेसियासँग हार बेहोरेको छ । मलेसिया कै घरेलु मैदानमा भएको खेलमा नेपालले मलेसियासँग १–५ को हार बेहोरेको हो ।

दर्शकविहीन बन्द रंगशालामा चार हाफमा बाँडेर खेलाइएको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो मलेसिया विरुद्ध एक गोल भने फर्काउन सफल भयो । नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काए ।

स्मरण रहोस, विश्वकप र एसियन कप छनौटतर्फ नेपालले यही मार्च २१ र २७ तारीखका दिन बहराईनसँग उसकै घरमा दुई खेल खेल्दैछ । सोही खेलको तयारी स्वरुप नेपालले मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेलेको हो ।

Post Comments