काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दुई महत्त्वपूर्ण छ्नौट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टिम शनिबार बहराइन पुगेको छ ।
बहराइन जानुअघि नेपालले मलेसियामा घरेलु टोलीसँग मैत्रीपूर्ण अभ्यास म्याच पनि खेलेको थियो । सो खेलमा नेपाल ५-१ ले पराजित भएको थियो ।
अब यता नेपालले बहराइनसँग छ्नौट प्रतियोगिता अन्तर्गत मार्च २१ (चैत ८ गते) र मार्च २६ (चैत १३ गते) तारीखका दिन दुई म्याच खेल्नेछ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)