News
आयल निगम र एनआईएमबी फाइनलमा
काठमाडौं । नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा आयल निगमले नेपाल बैंक लिमिटेडलाई ४–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि राम विश्वकर्मा र लक्ष्मण विश्वकर्माले समान २–२ गोल गरे । नेपाल बैंकबाट सन्जिव जोशीले सान्त्वना गोल गरे ।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको अर्को सेमिफाइनलमा एनआईएमबीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई १–० गोलले हरायो । एनआईएमबीका पविक्रम कार्कीले निर्णयक गोल गरे ।
प्रतियोगिता आज (सोमबार) सम्पन्न हुँदैछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि