काठमाडौं । दक्षिणकाली परोपकार युवा क्लब, दक्षिणकालीको आयोजनामा सम्पन्न भएको ूदक्षिणकाली नगरपालिका क्लब स्तरिय मेयर कप फूटबल प्रतियोगिता २०८० को उपाधि एफसी स्टारले जितेको छ ।
फाइनलमा श्री सिद्धी गणेश युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै एफसी स्टार च्याम्पियन बनेको हो । विजेता बनेको एफसी स्टारले उपाधिसहित नगद ६० हजार हात पार्यो भने उपविजेता श्री सिद्धी गणेश युथ क्लबले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
श्री सिद्धी गणेशका अनिष श्रेष्ठ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य व्यक्तिगत विधातर्फ एफसी स्टारका दौलत बस्नेत उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर भने श्री सिद्धीका रुपेश बलामी घोषित भए ।
सर्वाधिक गोलकर्ताको पुरस्कार एफसी स्टारका अमित तामाङले हात पार्दा उत्कृष्ट प्रशिक्षक पनि एफसी स्टारका सृजल कठायत चुनिए । प्रतियोगिता कै उत्कृष्ट खेलाडी एफसी स्टार कै रिजन श्रेष्ठ घोषित भए । त्यस्तै चल्नाखेल ब्रदरहुड प्रतियोगिताको उत्कृष्ट टिम बन्दा फेयर प्ले टिमको पुरस्कार बलामी ब्रदर्शले हात पार्यो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथी दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य, राकेश श्रेष्ठ तथा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष बिराट जंग शाही लगायतले पुरस्कृत गरेका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न