काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित नेपालको एक मात्र राष्ट्रिय रंगशालाका रुपमा रहेको दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ ।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप आफैले संरक्षण गर्ने भएको हो । संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धन राखेपले नै गर्ने भनी उल्लेख छ । उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको छ ।
स्मरण रहोस, विश्वकप छनौटतर्फ नेपालले घरेलु मैदानमा खेल्ने भनिएको बहराईन विरुद्धको खेल राम्रो मैदान नभए कै कारण दशरथ रंगशालाबाट बहराईन कै घरेलु मैदानमा सारिएको थियो । नेपालले बहराईनसँग यही मार्च २१ तारीख बिहीबारका दिन विश्वकप छनौटको खेल खेल्दैछ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)