
हेटौडा । हेटाैडामा भइरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा न १२ र वडा न ७ भिडने पक्का भएको छ ।
गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ८ लाई ३-१ को अन्तरले पराजित गरि फाइनलमा प्रबेश गर्न सफल भएको हो । खेलमा वडा न १२ का साजन पाख्रिनले तीन गोल गरेका थिए । ८ न वडाको तर्फबाट बिपन घिमिरेले एक गोल फर्काएका थिए । खेलमा ह्याटरिक गरेका साजन नै खेलको म्यान अफ द म्याच घोषित भए ।
शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं ७ ले वडा नम्बर १५ लाई २-१ गोलले परिजित गर्दै फाइनलमा प्रबेश गर्न सफल भएको छ । खेलमा वडा नम्बर ७ का कुशल अधिकारी र राजु लामाले एक एक गोल गरे त्यसैगरी वडा न १५ का बिश्वास भोलनले एक गोल गर्न सफल भए । खेलमा वडा न ७ का रोशन दोङ खेलको म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा