News
पुलिस कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा
कपिलवस्तु । झिनो अन्तरको जितका साथ नेपाल पुलिस क्लब, काठमाडौं यहाँ जारी कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलतर्फ पुलिसले सहारा क्लब, पोखरालाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । बुद्ध रंगशालामा भएको खेलमा पुलिसका लागि शिशिर चौधरीले एक मात्र निर्णायक गोल गरे ।
प्रतियोगिता अन्तर्गत चैत २० गते मंगलबारको चौथो क्वाटरफाइनल खेल अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सुदुरपश्चिम–११ बीच हुने आयोजकले जानकारी दियो ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा