News
सेभेन स्ट्रिट फुटसल कप हुँदै
काठमाडौं । ‘दुव्र्यसन विरुद्ध युवा’ भन्ने नाराका साथ सेभेन स्ट्रिट, काठमाडौंले दिपक बान्तवा र दुर्गामान आले मगर स्मृति सेभेन स्ट्रिट कप फाइभ ए साईड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ढोलाहिटी, ललितपुर स्थित विनायक स्पोर्टस कम्प्लेक्समा यही चैत २५ र २६ गतेका दिन हुन गईरहेको प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगितामा ए डिभिजन खेलाडीहरुले खेल्न नपाउने पनि आयोजकले स्पष्ट पारेको छ । विस्तृत जानकारुका लागि ९८१६१९५५६२, ९८२३८३२१७५ नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि