News
पानबारीलाई सातौं खादले सिद्धदेवी गोल्डकपको उपाधि
चौबिसे । यहाँ सम्पन्न सातौं खादले सिद्धदेवी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पानबारी फुटबल क्लब, धरानले जितेको छ । फाइनलमा फाक्सिव फुटबल क्लब, साँगुरीगढीलाई टाईब्रेहरमा हराउँदै पानबारी च्याम्पियन बनेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने पानबारीले फाक्सिवमाथि ४–२ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
विजेता बनेको पानबारीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता फाक्सिवले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुभायो ।
सीसीडिआइसी फुटबल क्लब, चौबिसे–७, मौनाबुधुक, धनकुटाको आयोजनामा बैशाख २ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा