News छैठौं दुहबी मेयर कप शुरु,
गोलनेपाल

दुहबी । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ नाराका साथ दुहबी नगरपालिका, सुनसरीको आयोजनामा बिहीबारदेखि छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

दुहबी–५, सुनसरी स्थित सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वार्ड नम्बर ९ ले वार्ड नम्बर १२ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गर्यो । वार्ड नम्बर ९ का लागि मोहित मियाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता मोहित मिया नै खेलको म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै वार्ड नम्बर ९ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख ७ गते शुक्रबारको खेल वार्ड नम्बर १ र वार्ड नम्बर ३ बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले गरेका थिए । इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा शुरु प्रतियोगिताको फाइनल खेल बैशाख १७ गतेका दिन हुनेछ ।

Post Comments