भोजपुर । रोमाञ्चक जितका साथ खोटाङ्ग भगवती स्पोर्टस क्लब, खोटाङ्ग यहाँ जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ खोटाङ्गले रारा फुटबल क्लब, राजारानी, धनकुटालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । भोजपुर रंगशालामा भएको खेलमा खोटाङ्गका लागि दुवै गोल मार्टिनले गरे । पराजित राराका लागि भने सुनिल खड्काले एक मात्र गोल फर्काएका थिए ।
खेलमा निर्णायक दुई गोल गरेका खोटाङ्गका मार्टिन म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख ११ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल डाँगीहाट युथ क्लब, मोरङ्ग र सलहेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा