News दुहबी मेयर कपः वार्ड नम्बर ८ सेमिफाइनलमा प्रवेश
गोलनेपाल

दुहबी । प्रभावशाली जितका साथ वार्ड नम्बर ८ यहाँ जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ९ लाई ३–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुहबी–५, सुनसरी स्थित सरस्वती माविको खेलमैदानमा भएको भएको खेलमा वार्ड नम्बर ८ का लागि सन्तोष चौधरीले दुई गोल गरे भने थप एक गोल सबिन रिजालले गरे । पराजित वार्ड नम्बर ९ का लागि मोहमद दाहिदले एक मात्र गोल फर्काएका थिए ।

खेलमा वार्ड नम्बर ८ का सन्तोष चौधरी म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख ११ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ३ र ६ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाक १७ गतेका दिन हुनेछ ।

Post Comments