भोजपुर । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले खोटाङ्ग भगवती स्पोर्टस क्लब, खोटाङ्गलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
पहिलो हाफ कै इन्जुरी समयमा बसन्त जिम्बाको गोलबाट आर्मीले खेलमा अग्रता बनाए पनि दोस्रो हाफको शुरुवाततिरै खोटाङ्गका लागि खमिर गिल्सनले बराबरी गोल फर्काएका थिए ।
टाईब्रेकरमा भने आर्मीले खोटाङ्ग भगवतीमाथि ४–३ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा आर्मीका सुरज बस्नेत म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख १४ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिरहा र चर्च ब्वाईज युनाइटेड, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।प्रतियोगिता अन्तर्गत बैशाख १४ गते शुक्रबारको दोस्रो
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा