News आर्मी भोजपुर मेयर गोल्डकपको फाइनलमा
गोलनेपाल

भोजपुर । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले खोटाङ्ग भगवती स्पोर्टस क्लब, खोटाङ्गलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

पहिलो हाफ कै इन्जुरी समयमा बसन्त जिम्बाको गोलबाट आर्मीले खेलमा अग्रता बनाए पनि दोस्रो हाफको शुरुवाततिरै खोटाङ्गका लागि खमिर गिल्सनले बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने आर्मीले खोटाङ्ग भगवतीमाथि ४–३ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा आर्मीका सुरज बस्नेत म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १४ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिरहा र चर्च ब्वाईज युनाइटेड, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।प्रतियोगिता अन्तर्गत बैशाख १४ गते शुक्रबारको दोस्रो

Post Comments