News
एएफसी सी डिप्लोमा कोर्ष हुँदै
काठमाडौं । कैलाली जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा शनिबारदेखि सात दिने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष शुरु हुने भएको छ ।
त्यसअघि शुक्रबार एक कार्यक्रमका बीच सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिंहले एक कार्यक्रमका बीच औपचारिक रुपमा कोर्षको उद्घाटन गरे ।
सो अवसरमा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य अनिल मल्ल, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का लगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो
।स्मरण रहोस, शनिबारदेखि शुरु हुने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष आउँदो बैशाख २१ गते शुक्रबार समापन हुनेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान