News
झापामा महिला फुटबल हुँदै (खेलतालिकासहित)
झापा । कमल गाउँपालिका खेलकुद विकास समिति, झापाको आयोजनामा यही बैशाख २३ गतेदेखि महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले खेलतालिका पनि सार्वजनिक गरेको छ ।
प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुने छन् । प्रतियोगिताको पहिलो दिन बैशाख २३ गते २ः३० बजे हुने पहिलो खेलमा केचना एफसी र कनकाई एकेडेमी भिड्ने छन् । त्यस्तै ४ बजे हुने दोस्रो खेलमा रोयल स्र्पोटिङ क्लब र आयोजक कमल गाउँपालिकाको महिला फुटबल टोली भिड्ने छन् ।
कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २७ गतेका दिन हुनेछ । विजेता तथा उपविजेता खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा