News प्रथम पानबारी गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

धरान । पानबारी फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा यही बैशाख २२ गतेदेखि शुरु हुन गईरहेको प्रथम पानबारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा बैशाख २२ गतेका दिन बुल्स–११, इटहरी र के.एफ.सी., मोरङ भिड्ने खेलतालिकामा उल्लेख छ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।

सुनसरी मेनपावर व्यवसायी संघको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments