ललितपुर । मध्यपुर थिमी नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सोमबार सम्पन्न एक मात्र खेलमा टोखा नगरपालिका, काठमाडौलाई ४–० गोल अन्तरले हराउँदै मध्यपुर थिमी, भक्तपुरले अन्तिम आठमा स्थान बनाएको हो ।
मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने थप एक गोल कप्तान यमन राजबाहकको नाममा रह्यो । ह्याट्रिक गरेका रोहन खेलको म्यान अफ द म्याच चुनिए ।
मध्यपुरले अब बैशाख २२ गते तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाबीचको खेलको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । तारकेश्वर र कीर्तिपुरबीचको खेल मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगितामा मध्यपुरसँगै नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वाटरफाइनलमा पुगीसकेका छन् ।
प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । त्यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान