News तिलोत्तमा–१४ प्रथम बाउन्नकोटी कपको फाइनलमा
सुरज राना मगर

सुपौली । घरेलु टोली तिलोत्तमा–१४ यहाँ जारी प्रथम बाउन्नकोटी कप अन्तरपालिका वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर १५ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै तिलोत्तमा–१५ फाइनलमा प्रवेश गरेको हो ।

सुपौली खेलमैदानमा भएको खेलमा तिलोत्तमा–१४ का लागि एमोस पुन र सनम गुरुङ्गले गोल गरे । तिलोत्तमा–१४ ले यही बैशाख २१ गते शुक्रबार हुने फाइनलमा सियारी–१ सँग उपाधिका लागि भिड्ने खेल संयोजक झबिलाल थापाले जानकारी दिए ।

बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह, चिल्हिया, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष लिल बहादुर क्षेत्रीले जानकारी दिए ।

Post Comments