News आयोजक भरतपुर १८ प्रथम भरतपुर १८ गोल्ड कप उपाधि नजिक
गोलनेपाल

आयोजक भरतपुर १८ सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा रोयल जिम हाउस सूर्यपुर एफसीलाई १-० ले हराउँदै आयोजक टोली उपाधि नजिक पुगेको हो । भरतपुर १८ को जितमा ग्लोरीले गोल गरे । उनले आकाश थापाको एसिस्टमा गोल गरे । यो गोलसँंगै ग्लोरी जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेका छन् ।

भरतपुर १८ का आकाश म्यान अफ दि म्याच भए ।

यस अघि सोमबार खेलको क्रममा भीषण हावाहुरी र वर्षा भएपछि खेल रोकिएको थियो । सोमबार दोस्रो हाफको १० औं मिनेटमा म्याच रेफ्री विज्ञान श्रेष्ठले खेल रोकेका थिए। आज बिहान सोही अवस्थाबाट सूचारु भएको हो ।

आयोजकले अब उपाधिका लागि मंगलबार सेन्ट्रल कलेज २८ बिघाको सामना गर्नेछ । २८ बिघा पहिलो सेमिफाइनलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजार तथा म्यान अफ दि म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Post Comments