News सहज जितका साथ एभरेष्ट फाइनलमा
गोलनेपाल

सिरहा । सहज जित हात पार्दै एभरेष्ट फुटबल एकेडेमी, सर्लाही यहाँ जारी सारस्वरनाथ गोल्डकप प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिराहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा एभरेष्टले इन्द्र युवा क्लब, धनुषालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा एभरेष्टका बिजय भुजेल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा बिरगंज युनाइटेड, पर्सा र हिम कस्तुरी युवा क्लब, लहान बीच हुने आयोजकले जानकारी दियो ।

सिरहा नगरपालिका वार्ड नम्बर १२ को कार्यालयको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल भने यही बैशाख २९ गतेका दिन हुनेछ ।

 

Post Comments