News चौबीसे फाइनलमा, उपाधिका लागि केराबारीसँग भिड्ने
गोलनेपाल

धरान । चौबीसे सामुदायिक बिकास सुचना केन्द्र फुटबल क्लब(सिसिडीआईसि)धनकुटाले रक्कि ईन्टरनेशनल फुटबल क्लब काठमाडौलाई हराउदै फाईनल यात्रा तय गरेको छ ।

बिहिवार सुनसरी धरान ६ पानवारी स्थित बाजिपा खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौलाई ४-१ गोल अन्तरले हराउदै फाईनल यात्रा पक्का गरेको हो ।

यो जितसगै धनकुटा अब केराबारी फुटबल क्लब संग बैशाख २९ गते शनिबार फाईनल खेल्नेछ । आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सिसिडिआईसि धनकुटाको जितका लागि खेलको पहिलो हाफको २० औ मिनेटमा जर्सि न २३ का दिलेन लिम्बुले पहिलो गोल गरेका थिए भने खेलको पहिलो हाफको ३५ औ र दोस्रो हाफको २५ औ मिनेटमा जर्सी न ३५ का सुनिल खडकाले २ गोल गरे ।त्यस्तै जर्सी न ५१ का मिलन लिम्बुले खेलको दोस्रो हाफको ४ औ मिनेटमा थप १ गोल गरेका थिए ।

उता रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौको तर्फबाट जर्सि न ७ का सिजल राईले खेलको पहिलो हाफको २१ औ मिनेटमा १ गोल फर्काए पनि आफ्नो टिमको हार टार्न सकेन ।

Post Comments