News इलाम: माईजोगमाई र देउमाई माईजोगमाई अध्यक्षकपको सेमिफाइनलमा
गोलनेपाल

माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनल खेलमा रोङ गाउँपालिकालाई सडनडेथमा हराउँदै माईजोगमाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेका थिए । बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले माईजोगमाई बिजयी बन्यो । गोलरक्षक सुजन फागोले रोङको २ वटा प्रहार बचाएका थिए ।

खेलको सुरुवाती अग्रता रोङले बनाएको थियो । खेलको ३५ औ मिनेटमा सन्दिप राईले गोल गरे । ३९ औ मिनेटमा जोएल राईले खेल बराबरी गरे । दोश्रो हाफमा थप गरिएको २ मिनेटमा दुवै टिमले १–१ गोल गरे । रोङका पवन राई र माईजोगमाईका जोएल राईले गोल गरे । खेलको म्यान अफ दि म्याच माईजोगमाईका गोलरक्षक फागो घोषित भए ।

दोश्रो क्वाटरफाइनल खेलमा ३–१ गोल अन्तरले चुलाचुली गाउँपालिकालाई हराउँदै अन्तिम ४ मा प्रवेश गरेको छ । खेलको १९ औ मिनेटमा सुदर्शन लिम्बुले देउमाईलाई अग्रता दिलाए । ४१ औ मिनेटमा आशिष राईले खेल बराबरी गरे । ४९ औ मिनेट र इन्जुरी समयमा देउमाईका मुकेश मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच २ गोल गरेका मगर घोषित भए । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा शुक्रबार इलाम नगरपालिका र माङसेबुङ गाउँपालिका भिड्नेछन् । इलाम नगरपालिकाले पहिलो प्रि–क्वाटरफाइनल खेलमा सन्दकपुर गाउँपालिकालाई हराएको हो । चौथो क्वाटरफाइनल खेलमा सूर्योदय नगरपालिका र माई नगरपालिका भिड्नेछन् । सूर्योदय नगरपालिकाले दोश्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोथुमलाई हराएको हो ।

Post Comments