News
इङल्याण्डबाट स्वदेश फर्कियो टिम नेपाल
काठमाडौं । मैत्रीपूर्ण फुटबल म्याचका लागि इङल्याण्ड पुगेको नेपालको राष्ट्रिय पुरुष फुटबल टोली शनिबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा एन्फाका पदाधिकारीहरुले राष्ट्रिय टोलीका सदस्यहरुलाइृ स्वागत गरेका थिए ।
स्मरण रहोस, नेपालले गत मई ६ तारीखका दिन एल्डरशटमा इङल्याण्ड सी फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । सो खेलमा नेपालले घरेलु टोलीसँग ०–२ को हार बेहोरेको थियो ।
त्यसअघि नेपालले ब्रिटिश आर्मीसँग पनि मैत्रीपूर्ण अभ्यास म्याच खेलेको थियो । जुन खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । टिम नेपाल अब फिफा विश्वकप छनौटतर्फको तयारीमा लाग्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)