News
सानेपाको साँघुरो जित
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग अन्तर्गत सानेपा क्लबले साँघुरो र महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा आइतबार भएको एक मात्र खेलमा सानेपाले खालीबारी युथ क्लबमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकालेको हो ।
सानेपाको जितमा पेम्बा दोर्जे लामाले एक मात्र निर्णायक गोल गरे र टोलीको खातामा महत्वपूर्ण तीन अंक जोड्न पनि निर्णायक भूमिका खेले ।
यो जितपछि ७ खेलबाट १० अंक जोडेको सानेमा लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ । उता पराजित खालीबारी भने ८ अंकका साथ नवौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)