News सुनसरी जिल्ला ए डिभिजन लिगः गोधुली र राष्ट्रिय जागृतिको जित
गोलनेपाल

धरान । सुनसरी जिल्ला ए डिभिजन लिगतर्फ गोधुली फुटबल क्लब र राष्ट्रिय जागृति क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

धरान रंगशालामा भएको समूह ए तर्फको खेलमा गोधुलीले संयुक्त युवा क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायो । खेलमा गोधुलीका पेरिस केसी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै इटहरी रंगशालामा भएको समूह बी तर्फको खेलमा राष्ट्रिय जागृतिले गोल्डेन स्टार फुटबल क्लबलाई २–१ ले हरायो । खेलमा राष्ट्रिय जागृतिका स्मित तामाङ म्यान अफ द म्याच चुनिए ।

Post Comments