काठमाडौं । कन्काई गार्मेन्ट उद्योग, झापाद्वारा उत्पादित एनी स्पोर्टस ब्राण्ड र नेपालको ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड क्लब बीच सहकार्यलाई लिएर सम्झौता भएको छ ।
सम्झौताअनुसार एनी स्पोर्टस ब्राण्डले चर्च ब्वाईजलाई आवश्यक पर्ने स्पोर्टस ब्राण्डका सामाग्रीहरु उपलब्ध गराउने छ । त्यस्तै क्लबले कम्पनीद्वारा उत्पादित ब्राण्डहरुको बजार प्रवद्र्धन गर्नुपर्नेछ ।
चर्च ब्वाईजले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँदा एनी ब्राण्डको उत्पादन प्रयोग गर्नुपर्नेछ । साथै सम्बन्धित क्षेत्रको प्रवद्र्धन र उपलब्धीलाई लिएर दुवै पक्षले सहकार्य गर्नुपर्ने पनि सम्झौतापत्रमा उल्लेख छ ।
सो अवसरमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा एनी स्पोर्टस ब्राण्डको तर्फबाट कन्काई गार्मेन्ट उद्योग, झापाका अध्यक्ष सन्तोष कुमार लिम्बु र चर्च ब्वाईज युनाइटेड, काठमाडौंको तर्फबाट क्लबका अध्यक्ष टंकलाल राईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)