News गोधुली र ब्वाईज फुटबललाई सफलता
गोलनेपाल

धरान । सुनसरी जिल्ला ए डिभिजन लिगतर्फ गोधुली फुटबल क्लब र ब्वाईज फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै महतवपूर्ण तीन–तीन अंक बटुलेका छन् ।

धरान रंगशालामा भएको समूह ए तर्फको खेलमा गोधुलीले टेम्के फुटबल क्लबलाई २–१ ले हरायो । खेलमा गोधुलीका दिपक गिरी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

त्यस्तै समूह बी तर्फ इटहरी रंगशालामा भएको खेलमा ब्वाईज फुटबल क्लबले गोल्डेन स्टार युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा ब्वाईज फुटबलका सिजल राई म्यान अफ द म्याच बने । उनले पनि नगद १ हजार र ट्रफी हात पारे ।

Post Comments