News सी डिभिजन लिग खेलिरहेको बागमतीलाई बागमती कै मेयर थापाको हौसला
गोलनेपाल

काठमाडौं । मोफसलमा रहेर पनि आफ्नो विशेष र फरक पहिचान बनाई निरन्तर अगाडी बढिरहेको बागमती युवा क्लब, सर्लाहीले हाल शहिद स्मारक सी डिभिजन लिगमा सहभागिता जनाईरहेको छ ।

त्यसमा सहभागिता मात्र नभई बागमतीले सी डिभिजन लिगबाट बी डिभिजनमा बढुवा हुने लक्ष्य समेत लिएको छ । र, हाल सी डिभिजन लिगमा बागमतीको प्रदर्शन पनि सन्तोषजनक छ ।

यही सिलसिलामा आफ्नो गृहजिल्ला र नगरको क्लब र खेलाडीहरुलाई हौसला प्रदान गर्नै बागमती नगरपालिका, सर्लाहीका मेयर भरत कुमार थापाले बागमती युवा क्लबका खेलाडीहरुसँग भेटघाट गरेका छन् ।

भेटघाटमा मेयरले खेलाडीहरुलाई हौसला प्रदान गर्नुका साथै आउने दिनमा क्लबका लागि बागमती नगरपालिकाले सकेको सहयोग र समर्थन गर्ने बताए । साथै सबै खेलाडीहरुलाई राम्रो खेल्दै समस्त सर्लाही जिल्ला कै नाम उचों बनाउन शुभकामना पनि दिए ।

Post Comments