News
बिर्तामोड झापा 'बी' डिभिजन लिगको सेमिफाइनलमा
शनिश्चरे । बिर्तामोड युनाइटेड एफसी अर्जुनधारामा जारी झापा जिल्लास्तरीय 'बी' डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आइतबार भएको खेलबाट बिर्तामोडले आदर्श युवा क्लब बुद्धशान्तिलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
बिर्तामोडका लागि दिनेश चौधरीले दुई गोल र असिमजंग कार्कीले एक गोल गरेको थिए । खेलको प्लेयर अफ दी म्याच बिर्तामोडका असिमजंग कार्की भए । उनलाई पूर्व प्रदेश सांसद बृख प्रधानले नगद प्रदान गरे ।
'बी' डिभिजनमा झापाका ९ वटा क्लब सहभागी छन् । आज पहिलो सेमिफाइनल खेल बाहुनडाँगी युवा क्लब र सिरिजंगा स्पोर्टिङ क्लबबीच खेल हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले 'मामा'ले जानकारी दिए ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक