बिर्तामोड । झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित स्व दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान फुटबलको उपाधि आयोजक पूर्वेली युवा क्लब (रातो)ले चुमेको छ ।
स्पर्धी पूर्वेली निलोलाई ३-१ गोलअन्तरमा पराजित गर्दै आयोजक रातोले उपाधिसहित नगद १ लाख १ हजार १११ हात पारेको हो । उपविजेताले ५५ हजार १११ रूपैयाँमा चित्त बुझायाे ।
पूर्वेली रातोका लागि विकर्ण श्रेष्ठले ह्याट्रिक पूरा गरे । उनले खेलको २०औँ मिनेटमा पहिलो गोल गरेको थिए । यसैगरी, पूर्वेली निलोका कृष्ण शाक्यले खेलको २५औैँ मिनेटमा गोल गरेर बराबरीमा ल्याए ।
पूर्वेली रातोका लागि विकर्ण श्रेष्ठले ३३औँ र ५१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्न सफल भए । उनी बेस्ट स्ट्राइकर पनि घोषित भए ।
खेलको व्यक्तिगत विधातर्फ पूर्वेली रातोका खेलाडीको बर्चश्व रह्यो । खेलको म्यान अफ दी म्याच भुपेन लिम्बू बन्दै २ हजार ५ सय पाए । बेस्ट गोलकिपर सुनिल तामाङ, बेस्ट डिफेन्स मोहन गुरुङ र बेस्ट कोच योगेश गुरूङ भए । खेलमा उत्कृष्ट मिडफिल्ड रमेश गुरुङ भए । उनीहरुले जनही ५-५ हजार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पूर्वेली रातोकै सन्तोष राई घोषित भए । उनले नगद १० हजार पाए । पूर्वेली युवा क्लबका अध्यक्ष रविन श्रेष्ठकी ममतामयी माताको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको संयोजन टेकराज तिलिङले गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा