News
सहज जितका साथ शिर्ष स्थानमा बागमती
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ राम्रो लयमा रहेको बागमती युवा क्लबले बुधबार सहज जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महाबीर क्लबमाथि शून्यका विरुद्ध ४ गोलको जित निकाल्यो । बागमतीका लागि राज भुषालले दुई गोल गरे भने दिपेश राई र सिर्जनराज गौतमले थप एक–एक गोल गरे ।
त्यस्तै खेलमा दुवै टोली पहिलो हाफ मै दश खेलाडीमा खुम्चिन पुगेका थिए । खेलका क्रममा विवादमा उत्रिएपछि रेफ्रीले बागमतीका अभिषेक लामा र महाबीरका सुरज थारुलाई सोझै रातो कार्ड देखाएका थिए ।
यो नतिजापछि ९ खेलबाट २० अंक जोडेको बागमती शिर्ष स्थानमा उक्लिएको छ । पराजित महाबीर भने ९ अंकका साथ ११औं स्थानमा छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान