News तेस्रो अजय बिजय स्मृत कपः चुलाचुली सेमिफाइनलमा
गोलनेपाल

इटहरी । चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापा यहाँ जारी तेस्रो अजय बिजय स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ चुलाचुलीले इनरुवा सिटी फुटबल क्लब, इनरुवालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । खेलमा चुलाचुलीका फोफोना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५५५ र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत जेठ १४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल जालपा युथ क्लब, तेह्रथुम र राजाबास युथ क्लब, राजाबास, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

संकल्प युवा क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १९ गतेका दिन हुनेछ ।

 

Post Comments