News
आयोजक रारा फाइनलमा
राजारानी । आयोजक रारा फुटबल क्लब, राजारानी, धनकुटा यहाँ जारी ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा राराले डाँगीहाट युथ क्लब, मोरङ्गलाई २–१ ले हराउँदै प्रतियोगिताको ११औं संस्करणको उपाधि नजिक पुग्न सफल भएको हो ।
राजारानी खेलमैदानमा भएको खेलमा राराका लागि शिशिर लेखी र तायोले गोल गरे । पराजित डाँगीहाटका लागि भने संजय श्रेष्ठले गोल गरेका थिए ।
खेलमा राराका छिरिङ्ग गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत जेठ १५ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिराहा र बिर्तामोड युनाइटेड क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा