काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ खालीबारी युवा फुटबल क्लब र स्वयम्भु क्लबले बराबरी खेल्दै अंक बाँडेको दिन स्पोर्टस एकेडेमी साँगाले भने महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारी र स्वयम्भुले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खालीबारीका लागि मार्बल सुनारले गोल गरे भने स्वयम्भुका लागि सुग्रित मगरले गोल गरेका थिए ।
यो नतिजापछि १० खेलबाट ११ अंक जोडेको खालीबारी लिगतालिकाको १०औं स्थानमा छ । स्वयम्भु भने ७ अंकका साथ १३औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा साँगाले सानेपा क्लबलाई २–१ ले हरायो । साँगाका लागि गम बहादुर मगर र बिकास परियारले गोल गरे । पराजित सानेपाका लागि भने निराजन जंग शाहीले गोल गरे ।
यो जितपछि १० खेलबाट १५ अंक जोडेको साँगा लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ । पराजित सानेपा भने ११ अंकका साथ नवौं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)