News
सलहेशलाई ११औं गोर्खा रारा गोल्डकपको उपाधि
राजारानी । कठिन र रोमाञ्चक जितका साथ बुधबार सम्पन्न ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिरहाले जितेको छ । फाइनलमा आयोजक रारा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै सलहेश च्याम्पियन बनेको हो ।
त्यसअघि राजारानी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाईब्रेकरमा भने सलहेशले आयोजक रारामाथि ४–२ को जित निकाल्दै उपाधि माथि कब्जा जमाउन सफल भयो ।
विजेता बनेको सलहेशले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता आयोजक राराले २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा