News
शिर्ष स्थानमा उकिलने अवसरबाट चुक्यो आरसी३२
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ ११औं चरणको महत्वपूर्ण खेलमा आरसी३२ फुटबल एकेडेमी बराबरीमा रोकिदा शिर्ष स्थानमा उक्लिने अवसरबाट बञ्चित भएको छ ।
बिहीबार भएको एक मात्र खेलमा आरसी३२ ले पुल्चोक स्पोर्टस क्लबसँग २–२ गोलको प्रतिस्पर्धात्मक बराबरी खेल्यो । आरसी३२ का लागि किस्मत लिम्बु र आशिष लावतीले गोल गरे । उता पुल्चोकका लागि शेरब लो तामाङले एक गोल गरे भने अर्को गोल आरसी३२ का सञ्जय सुब्बाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
यो नतिजापछि ११ खेलबाट २३ अंक जोडेको आरसी३२ लिगतालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बागमती युवा क्लबको पनि समान २३ अंक भए तापनि गोल भिन्नताका आधारमा शिर्ष स्थानमा यथावत छ । उता पुल्चोक भने २१ अंकका साथ तेस्रो स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)