काठमाडौ । यस वर्ष हुने प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको सातौं संस्करण नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि साफ महिला च्याम्पियनसिप बंगलादेशमा हुने चर्चा पनि थियो । स्मरणीय छ, यस वर्षको साफ महिला च्याम्पियनसिप आउँदो अक्टोबर १७ देखि ३० तारीखसम्म हुनेछ ।
साफका अनुसार यस वर्ष प्रतियोगितामा दक्षिण एसियाका सातै टोलीले सहभागिता जनाउनेछन । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल उपविजेता हो । प्रतियोगिताको गत संस्करण पनि नेपाल मै आयोजना भएको थियो ।
नेपालले साफ महिला च्याम्पियनसिप लगातार तेस्रोपटक आयोजना गर्ने अवसर पाएको हो ।
यद्यपि खेलस्थलबारे भने अझै टुंगो लागेको छैन । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भएकोले सम्भवत बिराटनगरको सहिद रंगशाला वा पोखरा रंगशालामा हुने सम्भावना र विकल्प पनि छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल