News बारा जिल्ला बी डिभिजनबाट ए डिभिजन लिगमा बढुवा भएको निजगढ एफसीको टोलीलाई सम्मान
गोलनेपाल

बारा । जिल्ला फुटबल लिग अन्तर्गत बारा जिल्ला फुटबल संघको आयोजनामा भएको बी डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै ए डिभिजनमा बढुवा हुन सफल निजगढ फुटबल क्लबका खेलाडी र अफिसियलहरु सम्मानित भएका छन् ।

निजगढ रंगशालामा भएको बधाई तथा सम्मान कार्यक्रममा निजगढ एफसीका सबै खेलाडी तथा अफिसियलहरुलाई क्लबका पदाधिकारीहरुद्वारा खादा ओढाई सम्मान गरिनुका साथै बारा जिल्ला ए डिभिजन लिगमा थप उत्कृष्ट प्रदर्शन गर्दै शुभकामना र शुभेच्छा दिइएको थियो ।

सो अवसरमा निजगढ एफसीका प्रशिक्षक सन्तोष गुरुङ्गले आफूहरुलाई दिइएको यो सम्मान र हौसलाले आउने दिनहरुका कलबका लागि अझै केही गर्न प्रोत्साहन मिलेको प्रतिक्रिया दिए । साथै बारा जिल्ला ए डिभिजन लिगमा आफूहरुले सकेको उत्कृष्ट प्रदर्शन गर्ने अठोट समेत व्यक्त गरे ।

Post Comments