News
साफ यु-२० च्याम्पियनसिप नेपालमा हुने
काठमाडौ । साफ यु-२० च्याम्पियनसिपको छैठौं संस्करण यसै वर्षको अगस्त १६ देखि २८ तारीखसम्म नेपालमा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको ड्र पनि सार्वजनिक गरेको छ ।
जसअन्तर्गत समूह ए मा आयोजक नेपाल सहित गत संस्करणको उपविजेता पाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन । त्यस्तै समूह बी मा साविक विजेता भारतसँगै भुटान र माल्दिभ्स रहेका छन ।
प्रत्येक समुहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । स्मरण रहोस, यश वर्षको साफ महिला च्याम्पियनसिप पनि नेपालले नै आयोजना गर्दैछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल