News
मित्र मिलन र युवा जगृती फाइनलमा भिड्ने
धरान । मित्र मिलन क्लब र युवा जागृती क्लब यहाँ जारी सुनसरी जिल्ला बी डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ मित्र मिलनले रेड स्टार क्लबलाई ३-२ ले हरायो । खेलमा मित्र मिलनका सरोज राई प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा युवा जागृतिले मितेरी क्लबलाई शुन्यका विरुद्ध २ गोलले हरायो । खेलमा युवा जागृतिका अदित राई प्लेयर अफ द म्याच चुनिए ।
सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत अब मित्र मिलन क्लब र युवा जागृती क्लबले यही जेठ ३१ गते हुने फाइनलमा उपाधिका लागि भिड्नेछन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान