News हेमजा भेट्रान्स कप: पोखरा १२ र १३ सेमिफाइनलमा
उमेश पुन

हेमजा । पोखरा १२ र १३ यहाँ जारी हेमजा भेट्रान्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ६ लाई ५–४ को अन्तरले पराजित गर्दे अन्तिम चारमा प्रवेश गर्यो । खेलमा पोखरा ६ का बिष्णु बहादुर लामिछाने म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५ लाई ३–१ ले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्यो । पोखरा १३ का लागि राजकुमार गुरुङ, देशभक्त गुरुङ र नरेन्द्रजंग गुरुङले गोल गरे । पराजित वडा नम्बर ५ का लागि अनिलराज कोइरालाले एक मात्र गोल फर्काए । खेलमा पोखरा–१३ का अमित परियार म्यान अफ द म्याच घोषित भए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा जारी प्रतियोगिताको प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । फाइनल खेल यही असार ७ गतेका दिन हुनेछ ।

Post Comments